हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नं.१९ सान्नानीटारमा रोकिराखेको म्याजिकलाई ट्रकले ठक्कर दिएको छ । बुधबार दिउँसो १२ बजेर १५ मिनेटको समयमा मनहरीबाट हेटौंडातर्फ आउदै गरेको ना १ ज ३१६७ नम्बरको म्याजिक सडक किनारमा यात्रु चढाउने क्रममा सोही दिशाबाट आउँदै गरेको ना ५ ख ९६८४ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।
ट्रकको ठक्करबाट म्याजिकमा सवार ९ जना घाइते भएका छन् भने उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार हेटौंडा उपमहानगरपालिाका–११ थानाभर्याङ बस्ने ३६ बर्षीया बिमल पुलामी मगर, हेटौंडा उपमहानगरापालिका–१९ नेवारपानी बस्ने लोक बहादुर मोक्तानकी छोरी २ बर्षीया कुश्मि मोक्तान र नेवारपानीकै ५६ बर्षीया ठुलिमाया बम्जन गम्भीर घाइते भएको प्रवक्ता भण्डारीले बताए ।
त्यस्तै म्याजिक चालक मनहरी गाउँपालिका–९ खरंगा बस्ने ४३ बर्षीय अम्बर सिंह डागी, राक्सीराङ गाउँपालिका–२ बस्ने २१ बर्षीया रिता राना मगर, हेटौंडा–१९ नेवारपानी बस्ने ३५ बर्षीय होईसेल लामा, सोही स्थानका ३३ बर्षीय लोक बहादुर मोक्तान, ५६ बर्षीया लाल कुमारी स्याङतान र ३० बर्षीया कबिता नेगी घाइते भएका छन् । उनीहरुको टाउको, हातखुट्टा, पेट, मुख, छाती, ढाड लगायतका शरिरीरका अङ्गमा चोट लागेको प्रवक्ता भण्डारीले बताए ।
घाइते मध्ये ७ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएकी कुश्मि मोक्तान र ठुलिमाया बम्जनलाई चितवन रिफर गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।