प्रहर खबर
 २०८१ चैत्र २, शनिबार    

मकवानपुरमा बोलेरोले घिसिङलाई ठक्कर दियो

२०८० भाद्र २७, बुधबार १६:१३ बजे

हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.१ फुलबारीमा मंगलबार बोलेरोको ठक्करबाट एक गम्भीर घाइते भएका छन् ।

फुलबारीबाट हेटौडा आउँदै गरेको ना.४ च ६३१३ नम्बरको बोलेरो गाडीले पैदलयात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएको हो ।

घाइते हुनेमा स्थानीय ५७ बर्षीय सोम बहादुर घिसिङ रहेका छन् । उनको चितवन पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बोलेरो घिसिङलाई ठक्कर दिएर सडकबाट करिब ३५ फिट तल खसेको छ ।