प्रहर खबर
 २०८१ जेठ ५, शनिबार    

मकवानपुरमा खोलाले बगाउँदा ४ बर्षीया बालिकाको मृत्यु

२०८० भाद्र ४, सोमबार ०४:०० बजे

हेटौंडा – मकवानपुरको कैलाश गाउँपालिका वडा नं.१० भालटारमा मनहरी खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४ बर्षीया प्रमिसा स्याङतान रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार आइतबार दिउँसो साथिहरुसंग खेल्न गएकी प्रमिसालाई खोलाले बगाउँदा उनको मृत्यु भएको हो ।

घटनाको जानकारी पाउँना साथ घटनास्थलबाट प्रहरीको टोली पुगेको थियो । घटनाको अनुसन्धान तथा कानुनि प्रक्रिया पुरा गरी शव आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।