प्रहर खबर
 २०७९ आश्विन ११, मंगलबार    

कलाकार बुद्धि तामाङले मकवानपुरकी अनुसँग विवाह गर्दै

२०७९ आश्विन ६, बिहीबार १३:३८ बजे

हेटौंडा – चर्चित कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् । उनी मकवानपुरकी अनु थिङ तामाङसँग विवाह बन्धनमा बाँधिने भएका हुन् ।

बुद्धिले अनुसँग मागी विवाह गर्न लागेको एक सञ्चारमाध्यमलाई बताएका छन् ।  बुद्धि र अनुबीचको विवाह तामाङ परम्पराअनुसार शुक्रबार कौसलटारको एक पार्टी प्यालेसमा हुने बताईएको छ ।

बुद्धिले साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै फिल्म अभिनय गरिसकेका छन् । उनको  ‘हैट’ थेगो चर्चित छ ।