प्रहर खबर
 २०८१ जेठ १, मंगलबार    

पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ

२०८० कार्तिक २२, बुधबार १४:५८ बजे

हेटौंडा – पाँच राउण्ड गोली र लागूऔषधसहित सप्तरीबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–२ बस्ने १९ वर्षीय धर्मजित कुमार यादव र सप्तरी खडक नगरपालिका–११ बनौली बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

खडक नगरपालिका–११ बनौलीबाट थ्रिनटथ्री राइफलको गोली ५ राउण्ड, अवैध लागूऔषध गाँजा करिब २० ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट २ ट्याब्लेटसहित उनीहरुलाई मंगलबार बेलुकी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले धर्मजितलाई ५ राउण्ड गोली र किशोरलाई लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।