प्रहर खबर
 २०८१ बैशाख ५, बुधबार    

मिलन चोकबाट दुई युवती पक्राउ

२०८० पौष १९, बिहीबार १८:२३ बजे

हेटौंडा – कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट बुधबार अवैध लागूऔषध ब्राउनसुगर सहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–२ बस्ने २४ वर्षीया पवित्रा आचार्य र २५ वर्षीया रिया बिष्ट रहेका छन् ।

प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले सु.प.प्र.०१–००१ प १७०९ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई करिब २ ग्रामसहित २ ब्राउनसुगरसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।