प्रहर खबर
 २०८१ चैत्र २, शनिबार    

हेटौंडामा बसले साइकल यात्रीलाई ठक्कर दियो

२०७९ फाल्गुन ७, आईतबार ०५:४९ बजे

हेटौंडा – पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभ¥याङमा बसले साइकल यात्रीलाई ठक्कर दिएको छ ।

आईतबार बिहान वीरगञ्जबाट पोखरातर्फ जादै गरेको ग १ ख ५०३९ नम्बरको यात्रु बोकेको बसले भित्रि सडकखण्डबाट हाईवे निस्किने क्रममा साइकल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बसको ठक्करबाट साइकल यात्री हेटौडा–११ सिमलटार बुद्धचोक बस्ने १४ वर्षीय नवराज खुलाल घाइते भएका छन् । उनको टाउकोमा चोट लागेकोले हेटौडा अस्पतालबाट थप उपचारका लागि भतरपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

बस र बस चालक प्रहरीको नियन्त्रणमा बसको प्रहरीले जनाएको छ ।