प्रहर खबर
 २०८१ चैत्र २, शनिबार    

विद्युतिय सुरक्षा दिवसका अवसरमा पालुङमा प्रभातफेरी

२०८० चैत्र २६, सोमबार १९:२८ बजे

थाहा – नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले विद्युतिय सुरक्षा दिवस–२०८० को अवसरमा प्रभातफेरी गरेको छ । सोमबार पालुङ वितरण केन्द्रले विद्युत सुरक्षा सम्बन्धी सचेतना जगाउने प्लेकार्ड सहित प्रभातफेरी ¥याली केन्द्रको कार्यालय दोबाटोबाट सुरुगरि थानाबजार दोबाटो लागायतका बजार परिक्रमा गरि सभामा परिणत भएको थियो ।

विद्युतिय सुरक्षा दिवसका अबसरमा ¥याली पश्चातको सभालाई सम्बोधन गर्दै वितरण केन्द्र प्रमुख माधव न्यौपानेले विद्युतीय दुर्घटनाबाट बच्न गुणस्तरीय बिद्युतीय उपकरणको प्रयोगसंगै सुरक्षाका उपकरण अवलम्वन गरी विद्युतीय सुरक्षामा ध्यान दिई सेवा प्रदान गर्न कर्मचारीहरुलाई आग्रह गरे ।

विद्युतीय दुर्घटना न्यूनिकरणका लागि जनचेतना फैल्याउन तथा सुरक्षित विद्युत सेवाको सहज पहुँच, गुणस्तरिय सामानको प्रयोग र किफायती उपभोग एवं चुहावट नियन्त्रणका लागि उपभोक्तामा सचेतना र जागरुकता संचार गरी विद्युत दुर्घटनामा कमी ल्याउन विद्युतीय सुरक्षा दिवस मनाईएको पालुङ वितरण केन्द्रका प्रमुख न्यौपानेले बताए ।

बिद्युत प्राधिकरणको काम तथा सेवा जोखिमपूर्ण रहेकोले सो अवस्थामा आफु सुरक्षित भई भरपर्दो सेवामा लाग्न आम कर्मचारीहरुलाई निर्देशन दिंदै सुरक्षा चुनौतिका रुपमा रहेका पुराना काठको पोलहरु विस्थापन गरि स्टिल पोल राख्ने अभियानमा प्राधिकरण लागेकोले जीर्ण, पोल नाङ्गो तार र लाईन सामाग्री फेर्ने, सुरक्षात्मक प्रणाली सुधारका लागि पुराना संरचनाको स्तरोन्नती गर्ने, ट्रान्सफरमरको क्षमता वृद्धि गर्ने, कन्डक्टरको क्षमता वृद्धि गर्ने, इन्सुलेटेर कन्डक्टरको प्रयोग गर्ने लगायतका कामहरु निरन्तर रुपमा अगाडि बढाईएको पनि प्रमुख न्यौपानेले बताए ।

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र अन्तरगतका कर्मचारीहरुको सहभागिता रहेको ¥यालीमा “विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, सम्वृद्धिको लागी विद्युतको सदुपयोग गरौं ।” प्रलोभनमा नपरौं, विद्युतको सुरक्षित उपयोग गरौं ।” “विद्युत दुर्घटनाबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं ।” लगायतका चेतनामुलक नारा लेखिएको प्लेकार्ड बोकिएको थियो ।

विद्युत वितरण प्रणालीमा कार्यरत जनशक्तिलाई विद्युतीय सुरक्षाको महत्व बुझाउने, सुरक्षात्मक उपकरणको प्रयोग गर्न लगाउने, विद्युत माग र आपूर्ति पक्षको व्यवस्थापन गर्ने र किफायती उपकरणको प्रयोगमा जानकारी गराई गुणस्तरीय उपकरण मात्र प्रयोग गर्न समग्र उपभोक्ता वर्गलाई जनचेतना जगाउने लगाएतका कार्यहरु निरन्तर भइरहेको र सुरक्षा दिवसले त्यसमा लाजगी ल्याउने पनि प्रमुख न्यौपानेले बताए।

नेपाल विद्युत प्राधिकरणले हरेक वर्ष चैत्र २६ गते विद्युतीय सुरक्षा दिवस मनाउदै आएको छ ।