प्रहर खबर
 २०७९ जेठ १३, शुक्रबार    

मतदाता परिचयपत्र लुटेको आरोपमा वडाध्यक्ष पक्राउ

२०७९ बैशाख २९, बिहीबार ०८:४३ बजे

दोलखा – दोलखाको तामाकोसी गाउँपालिका–१ का वाडाध्यक्षलाई मतदाता परिचयपत्र लुटेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मतदाता परिचयपत्र लुटेको आरोपमा उक्त वडाका अध्यक्ष महेश काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीकाअनुसार उक्त वडा कार्यालयका मतदानस्थलबाट १ सय २५ थान नयाँ मतदातालाई वितरण गर्न लागिएको मतदाता परिचयपत्र बुधबार दिउँसो काफ्लेले लुटेर फरार भएका थिए । मतदाता परिचयपत्र लुटेपछि उनलाई स्थानीयले नियन्त्रणमा लिन खोज्दा परिचयपत्र फालेर उनी फरार भएका थिए । फरार भएका उनलाई दिउँसो तामाकोसी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेलले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।