प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

दसैँमा सडक सुनसान, शक्तिपीठ मन्दिरमा गुञ्जनसँगै भक्तजनको भीड

२०७९ आश्विन १८, मंगलबार ०८:१८ बजे

काठमाडौं – नेपालीको महान् पर्व बडा दसैँमा सडकहरु सुनसान भएका छन् भने शक्तिपीठमा भने शङ्ख, घण्ट र देवी स्तोत्रको गुञ्जनसँगै भक्तजनको भीड छ ।

शक्तिपीठ एवं देवी मन्दिर वरपर पार्किङ गरिएको सवारीसाधन पनि बाक्लै देखिन्छ । सधैँ जाम हुने राजधानीका व्यस्त सडक अहिले भने खाली छन् । घण्टौँ जाममा बस्नुपर्ने समस्या छैन ।

बजार, पसल पनि फाट्टफुट्टमात्र खुलेका छन् । दसैँमा करिब २० लाख मानिस राजधानीबाट बाहिर गएको अनुमान गरिएको छ । राजधानीसँगै उपत्यका बाहिरका देवीमन्दिरमा पनि भक्तजनको भीड बढेको छ ।

विगतका दुई वर्ष कोरोना महामारीका कारण शक्तिपीठ बन्द गरी घर घरमै दुर्गा देवीको पूजाआराधना गर्न आह्वान गरिएको थियो ।

यसवर्ष भने कोरोनाको जोखिम कम भए पनि डेँङ्गुको त्रास बढेको छ । यसवर्ष डेङ्गुबाट सुरक्षित भएर दसैँ मनाउन प्रशासनले आह्वान गरेको छ ।