काठमाडौं – ताप्लेजुङको फुङलिङ नगरपालिका-६ भोटे गुम्बास्थित सडकमा स्कारपिओको ठक्करबाट पाँच बर्षीय बालकको मृत्यु भएको छ ।
भोटे गुम्वाबाट पराजुली चोकतर्फ आउँदै गरेको मे.१ च ७३५३ नम्बरको स्कारपिओ गाडी आफै अनियन्त्रित बिहीबार बिहान दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने सागर गुरुङको छोरा ५ वर्षीय अंशुमन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।