प्रहर खबर
 २०८१ बैशाख २४, सोमबार    

मकवानपुरमा खोलामा डुबेर थापाको मृत्यु

२०८१ बैशाख १३, बिहीबार २०:०९ बजे

हेटौंडा – मकवानपुरमा खोलामा डुबेर बिहीबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्वर ७, बस्ने ३३ वर्षीय शेखर थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार दिउँसो १ बजेको समयमा थापा खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा ल्याईएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।