हेटौंडा – मकवानपुरमा दुई जनाको शव फेला परेको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका र कैलाश गाउँपालिकामा एक/एक जनाको शव फेला परेको हो ।
हेटौंडा उपमहानगरपालिका–१८ गुम्बाडाडा नजिकै खोल्सामा नामथर वतन नखुलेको अन्दाजी ४०/४५ वर्षीय पुरुष मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै कैलाश गाउँपालिका–६ पकने मराङसिङस्थित धादिङ गजुरी गाउँपालिका–४ भुमिढुङ्गा बस्ने २२ वर्षीय शंकर तामाङ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।