प्रहर खबर
 २०८१ फाल्गुन २, शुक्रबार    

मकवानपुुरगढीमा को भन्दा को तगडा, माओवादीले भने जति बजेट नपाउँदा हुने भो लफडा

२०८० आश्विन ३०, मंगलबार १८:२५ बजे

हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा गठबन्धन गरेर चुनाव जितेका नेपाली कांग्रेस र नेकपा माओवादीबीच लफडा हुने निश्चित देखिएको छ । आज मंगलबार दिउँसो माओवादी केन्द्र मकवानपुरगढीले कांग्रेसबाट अध्यक्ष बनेका दोर्जे लामा स्याङतानविरुद्ध १४ बँुदे ज्ञापन पत्र बुझाएपछि दुई पार्टीबीचको दरार प्रष्ट देखिएको छ ।

दुई फरक पार्टीका अध्यक्ष र उपाध्यक्षबीच सुरुवाती देखिनै प्रतिस्पर्धात्मक उपस्थिती तथा कार्यसम्पादन देखिन्थ्यो । पाँच बर्षे कार्यकालको दोस्रो बर्ष चलिरहदा अध्यक्ष स्याङतान र उपाध्यक्ष नेपालीबीच को भन्दा को तगडाको स्थिति श्रृजना भएको छ । आफ्नो स्वार्थ अनुरुपको योजनामा बजेट पर्ने टकराबले ‘कु’राजनीतिक स्वरुप धारण गरेको छ । नेकपा माओवादी केन्द्र मकवानपुरगढीले पालिका अध्यक्षले एकलौटी ढंगबाट बजेट बाँडफाँड गरेको भन्दै १४ बुँदे माग सहित ज्ञापनपत्र बुझाएको छ ।

नेकपा माओवादी केन्द्र मकवानपुरगढीका अध्यक्ष राजकुमार खड्का र इन्चार्ज सरोज खनाल सहितको टोलीले पालिकाकी उपाध्यक्ष नेपालीलाई १४ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले अध्यक्षले राजनीतिक प्रतिशोध लिएर आफ्नो दल केन्द्रीत कार्यक्रम बनाएको आरोप समेत लगाएका छन् ।

“दुईवटा आर्थिक वर्षहरुमा बजेट तर्जूमा गर्दैगर्दा राजनीतिक प्रतिशोध छर्लङगै देखियो । निर्वाचनमा प्रस्तूत साझा घोषणा पत्र विपरित समान वितरणको कूरा विर्सियर आफू आवद्ध दल केन्द्रीत कार्यक्रम बनाउदा तपाईंको हात कामेन अध्यक्ष ज्यु ?” ज्ञापनपत्रमा लेखिएको छ । आफुहरुको माग सम्बोन्धन नभए अध्यक्षको गलत कामको भण्डाफोर गर्ने माओवादी केन्द्रका नेताहरुले ज्ञापनपत्र मार्फत चेतावनी समेत दिएका छन् ।

यस्ता छन् नेकपा माओवादी केन्द्रका गुनासोहरु:–