प्रहर खबर
 २०८० आश्विन १७, बुधबार    

दीपक बहादुर सिंहले मकवानपुर १ मा गराए उम्मेदवारी दर्ता

२०७९ आश्विन २३, आईतबार ०६:३६ बजे

हेटौंडा – राप्रपाका केन्द्रिय सदस्य दिपक बहादुर सिंहले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गएका छन् । आइतबार बिहान हेटौंडा उपमहानगरपालिका वडा नं.२ स्थित मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर मकवानपुरको निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रस्तावकमा राप्रपा मकवानपुरका सहकोषध्यक्ष सन्दिप सापकोटा, समर्थकमा गोपि पुडासैनी बसेका छन्। त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ र प्रदेशतर्फ चारै वटा क्षेत्रमा उम्मेदवारी दिन बाँकी रहेको छ । राप्रपाले अन्य निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गर्ने विषयमा पार्टी कार्यालयमा छलफल गरिरहेको छ ।