प्रहर खबर
 २०७९ मंसिर १६, शुक्रबार    

चितवन अपडेट: दुई क्षेत्रमा घण्टीको फराकिलो अग्रता, एकमा हलो, सुर्य शुन्य

२०७९ मंसिर ७, बुधबार ०८:३७ बजे

हेटौंडा – चितवन क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले दोब्बर मतले अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार उनले १३ हजार ६४१ मत पाएका छन् ।

एमालेका कृष्णभक्त पोख्रेल ६ हजार २४९ मतसहित दोस्रो स्थानमा छन् । नेपाली कांग्रेसका उमेश श्रेष्ठले ५ हजार ९३५ मतसहित तेस्रो स्थानमा छन् ।

त्यस्तै चितवन क्षेत्र नं. १ मा रास्वपाकै उम्मेदवार अगाडी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी हरि ढकालले १४ हजार २९९ पाउँदा कांग्रेका विश्‍वनाथ पौडेल १० हजार ६२९ र एमालेका सुरेन्द्रप्रसाद पाण्डे १० हजार ३८४ मतसहित तेस्रो स्थानमा छन् ।

त्यसैगरी चितवन क्षेत्र नं. ३ मा राप्रपाका उम्मेदवार विक्रम पाण्डेले अग्रता बनाएका छन् । पाण्डेले ७ हजार ४५९ मतसहित अग्रता बनाएका हुन् । स्वतन्त्र पार्टीकी जीता वराल ५ हजार ८०५ मतसहित दोस्रो स्थानमा छन् । माओवादी केन्द्रका भोज राज अधिकारी ५ हजार ३१० मतसहित तेस्रो स्थामा छन् ।