प्रहर खबर
 २०८० मंसिर २५, सोमबार    

हेटौंडाको राप्ती किनारमा छठ पूजा गर्दै भक्तजन (तस्बिरहरू)

२०८० मंसिर ३, आईतबार १८:०३ बजे

हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा छठको रौनक छाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं.१ स्थित राप्ती नदिमा अस्ताउँदो सूर्यलाई अर्घ दिन छठ घाटमा ब्रतालुहरु पुगेका छन् ।

व्रतालुले आज अस्ताउँदो सूर्यलाई ठेकुवा, भुसवा, नरिवल, केरा, अदुवा, फलफूलसहितका विभिन्न परिकारहरूको अर्घ अर्पण गरेका छन् । व्रतालुसंगै अवलोकन गर्नेहरुको समेत ठुलो घुँइचो लागको छ ।

हेटौंडा उपमहानगरपालिकाको सहयोगमा संयुक्त मधेसी सेवा समाज नेपालको छट पुजा समारोह समितिले छठ घाट निर्माण तथा ब्यवस्थापन गरेको हो । भक्तजनहरुको सुरक्षाका लागि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तथा सहजिकरणका गर्न स्वयसेवक समेत परिचान गरिएको छ ।

 

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिबिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन हुन्छ। छठ पर्वमा निष्ठापूर्वक सूर्यको उपासना गरी मनाइने भएकोले छठलाई निष्ठा र कठोर पर्वको रूपमा मानिन्छ। केही वर्ष पहिलेसम्म तराईबासीमा मात्र सीमित रहेको छठलाई पछिल्ला वर्षमा पहाडी समुदायले पनि मनाउन थालेका छन्।

तस्बिरमा हेर्नुस्, हेटौंडाको राप्ती नदी किनारमा छठ पूजा गर्दै भक्तजन