प्रहर खबर
 २०८१ जेठ ४, शुक्रबार    

धादिङ भूकम्प : एकैदिन ७ पटक हल्लायो

२०८० कार्तिक ६, सोमबार ०९:०८ बजे

काठमाडौँ – राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङ जिल्ला केन्द्रबिन्दु भएर आइतबार नै ४ म्याग्निच्युडभन्दा माथिका ७ वटा भुकम्प तथा पराकम्प गएको छ ।

आइतबार बिहान धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएपछि लगातार परकम्पहरू गइरहेका छन् । बिहान ७ बजेर ३९ मिनेटमा धादिङ खरी आसपास केन्द्रबिन्दु भएर पहिलो ठुलो भूकम्प गएको थियो ।

भूकम्प मापन केन्द्रको रेकर्ड अनुसार बिहान ८ बजेर ८ मिनेट जाँदा ४.२ म्याग्निच्युड, ८ बजेर २८ मिनेट जाँदा ४.३ र ८ बजेर ५९ मिनेट जाँदा ४.३ म्याग्निच्युडको परकम्प गयो ।

त्यस्तै अपराह्न ४ बजेर ३ मिनेट जाँदा पुनः ४.४ म्याग्निच्युड, साँझ ५ बजेर ३१ मिनेटमा ५.० म्याग्निच्युड र त्यसको दुई मिनेटपछि ५ बजेर ३३ मिनेटमा ५.१ म्याग्निच्युडको पराकम्प गएको भूकम्प मापन केन्द्रको रेकर्डमा उल्लेख छ ।