प्रहर खबर
 २०७९ असार १२, आईतबार    

बागमती प्रदेशमा बजेट माथीको छलफल असार १२ गतेबाट

२०७९ असार ८, बुधबार ११:०७ बजे

हेटौंडा – बागमती प्रदेश सरकारले ल्याएको बजेट माथीको छलफल कार्यक्रम असार १२ गतेबाट प्रदेशसभामा छलफल हुने भएको छ । प्रदेशसभामा प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलद्वारा प्रस्तुत बजेटमाथीको छलफल असार १२ गते २ बजेबाट छलफल हुने भएको हो ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० को लागि कुल ७० अर्व ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । रुपैयाँ बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको बुधबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्ष २०७९–०८० को लागि कुल ७० अर्व ९३ करोड रुपैयाँ अनुमानित बजेटको सार्वजनिक गरेका हुन् ।

सरकारको आव २०७९०८० को लागि कुल ७० अर्व ९३ करोड रुपैयाँको बजेट मध्ये चालु तर्फ १९ अर्व २ करोड रुपैयाँ, पुँजिगत तर्फ ४१ अर्व ५६ करोड रुपैयाँ, वित्तिय हस्तान्तरण तर्फ ८ अर्व रुपैयाँ र वित्तिय व्यवस्थापन तर्फ २ अर्व रुपैयाँ बजेट विनियोजन गरिएको छ ।