प्रहर खबर
 २०८० फाल्गुन १६, बुधबार    

मकवानपुरका घिसिङ घरबाटै पक्राउ

२०७९ फाल्गुन २०, शनिबार ११:०८ बजे

हेटौंडा – मकवानपुर मनहरी गाउँपालिका–६, खैरधारीबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पकाउ पर्नेमा स्थानीय ४० वर्षीय नर मान घिसिङ रहेका छन् ।

बिशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले शुक्रबार घिसिङलाई घरबाटै अन्दाजी १ किलो लागुऔषध अफिम सहित पक्राउ गरेको हो । उनलाई लागुऔषध अफिम सहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।