हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.७ सिम्सार टोलमा एउटा गोठमा सोमबार राति २०ः१५ तिर आगलागी हुँदा १ लाख ५० हजार बराबरको क्षति भएको छ ।
स्थानीय बिदुर चौलागाईको घरदेखि करिब दुई सय मिटर उत्तरमा रहेको टिनको छानो, तिर्पालले बेरेको गाई गोठमा बिजुलीको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट गोठभित्र रहेको गाई बस्तुलाई खुवाउने १२ बोरा चोकर र ७ बोरा पोषक दाना जलेर नष्ट भएको छ । आगलागीबाट १ लाख ४० हजार मुल्य बराबर क्षतिको भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय र प्रहरीको सहयोगमा राति २०ः४५ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मानवीय र चौपाया क्षती नभएको प्रहरीले जनाएको छ ।