प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

हेटौंडामा सवारी दुर्घटनाः एक जनाको मृत्यु, घाइते १५ जनाको उपचार हुँदै

२०७९ असार ११, शनिबार ०८:१६ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.९ मा भएको सवारी दुर्घटना परी घाइते भएका ट्याङकर चालकको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका नवलपरासी बर्दघाट नगरपालिका–१ का अन्दाजी ३२ वर्षीय सन्जीव रानाको उपचारका क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

पर्वपश्चिम राजमार्ग अन्तर्गत गएराती हेटौंडातर्फबाट पथलैयातर्फ जाँदै गरेको बा ८ ख ६३४६ नम्बरको बस र पथलैयातर्फबाट हेटौंडातर्फ आउँदै गरेको आउँदै गरेको लु १ २ ख २७५८ नम्बर ट्याङकर एकआपसमा ठोक्किएको थियो ।

दुई सवारी एकआपसमा ठोक्किएर दुर्घटना हुँदा १६ जना घाइते भएका थिए । घाइते मध्ये दुई जनाको हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन मेडिकल कलेज लागिएकोमा ट्याङकर चालक रानाको शनिबार दिउँसो उपचारको क्रममा मृत्यु भएको प्रवक्ता घिमिरेले बताए ।

प्रवक्ता घिमिरेका अनुसार घाइते १४ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको र एकको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । सामान्य घाइते भएको बसको चालकलाई नियन्त्रमा लिएर घटनाको अनुसन्धान भइरहेको उनले बताए ।