प्रहर खबर
 २०८० आश्विन १७, बुधबार    

मकवानपुरको कलङ्कीमा काठमाडौं जाँदै गरेको सुमो दुर्घटना

२०७९ पौष २९, शुक्रबार १३:२८ बजे

हेटौंडा – मकवानपुर ईन्द्रसरोबर गाउँपालिका–२ कलङ्कीमा काठमाडौं जाँदै गरेको सुमो दुर्घटना भएको छ । भिमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड अन्तर्गत सर्लाहीबाट काठमाडौं जादै गरेको ना.१ ज ४०७९ नम्बरको सुमो आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सुमो दुर्घटनामा परि रौतहट गुजुराज नगरपालिका–१ बस्ने बर्ष ३० की मन्जु चौधरी, सर्लाही हरीवन नगरपालिका–९ बस्ने बर्ष ३० की मिश्रा थापा र उनकी छोरी बर्ष ५ की दिक्षा थापा घाइते भएको प्रहरीले जनाएको छ । सुमो सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

फाइल तस्वीर