हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको उपमेयर राजेश बाँनियाको गाडीमा ट्याक्टर ठोक्किएर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ट्याक्टर चालक हेटौंडा–५ शान्तिनगर बस्ने बर्ष–५२ को लाल बहादुर वाईबा रहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार बिहीबार हेटौंडा उपमहानरपालिका वडा नं.५ बाँनिया टोलस्थित सडकमा पार्किङ्ग गरी राखेको उपमेयर बाँनियाको ना ४ च ४१४२ नम्बरको गाडीमा खेत जोतेर आउदै गरेको बा.प्र.०३–००१ त ३१८ नम्बरको ट्याक्टर ठोक्किएको थियो ।
गम्भीर घाइते भएका वाईबाको पुरानो मेडिकल कलेज भरतपुरमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । दुबै सवारी प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ ।