प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

देशभर डेंगु संक्रमित २३ हजार नजिक, सबैभन्दा धेरै बागमती प्रदेशमा

२०७९ आश्विन ८, शनिबार १०:०१ बजे

काठमाडौं – देशभर फैलिएको डेंगु संक्रमितको सङ्ख्या २३ हजार नजिक पगेको छ । देशको ७६ जिल्लामा फैलिएको डेंगु संक्रमितको सङ्ख्या २२ हजार ९८८ पुग्ेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगु भएको छ । लुम्बिनी प्रदेशका २ हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशका ७७७, प्रदेश १ का ५९१, गण्डकीका ५१५, मधेश प्रदेशका ३२३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगु भएको छ ।

डेंगुका कारण हालसम्म २९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भक्तपुर, ललितपुर, मकवानपुर लगायतका सबभन्दा धेरै संक्रमण फैलिएको जिल्लामा खोज र नष्ट गर अभियान चलाइएको मन्त्रालयले जनाएको छ ।