प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

हेटौंडामा कार्यपालिका सदस्य निर्वाचनः नगरसभामा एमालेको बहुमत, कार्यपालिकामा के होला ?

२०७९ जेठ १२, बिहीबार ०९:०३ बजे

हेटौंडा – स्थानीय तह निर्वाचन–२७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मतपरिणाम सार्वजनिक भइरसकेको छ । नवनिर्वाचित मेयर, उपमेयर, वडाअध्यक्षसहित ९७ जनप्रतिनिधिले सपथ ग्रहणपछि आफ्नो पदभार समेत ग्रहण गरिसकेका छन् । तर, कार्यपालिकाले भने पुर्णता पाएको छैन ।

हेटौंडा उपमहानगरपालिकामा कार्यपालिका सदस्य चयनको लागि जेष्ठ १५ गते आइतरबार निर्वाचन हुने भएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालय मकवानपुरले उपमहानगरपालिकाको अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरेको छ । कार्यपालिकामा दलित तथा अल्पसङ्ख्यक र महिला मात्रै चयन गर्न पाइने ब्यवस्था छ ।

नगरसभामा एमालेको बहुमत

गत स्थानीय चुनावको तुलनामा नेकपा एमालेलाई यसपटक ठुलो क्षति भएको छ । हालैसम्पन्न निर्वाचनमा ९ वडामा मात्रै सिमित भएन, मेयर, उपमेयर सहित थप ३ वडा वडा गुमाउन पुग्यो । मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवारीकी मिना कुमारी लामाले जितिन् । उमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँले जिते । उनिहरुले एमालेको ३० बर्षदेखिको लामो विरासत समेत भत्काए ।

यसपटक ३ वडा वडा गुमाएर ९ वडामा खुच्चिएपनि नगरसभामा एमाले ठुलो पाटी अर्थात बहुमत रहेको छ । निर्वाचन आयोगले दिएका आँकडा अनुसार हेटौंडाको ९७ सदस्य नगरसभामा हाल एमालेको ५१ जना निर्वाचित भएका छन् । जसमा एमालेले वडा नं.४,५,१०,१४,१५ र १९ मा प्यानलै जितेको छ । वडा नं. १९ र १३ मा वडाअध्यक्ष सहित तीन–तीन जना सदस्य जित्दा वडा नं.१३ मा वडाअध्यक्ष मात्रै जितेको छ ।

त्यस्तै वडाअध्यक्ष बाहेक वडा नं.१ र १२ मा चार–चार, ६ मा तीन, ८ मा दुई सदस्य जित्दा १७ मा एक जना सदस्य जितेको छ । २०७४ मा हेटौंडाको नगरप्रमुख, उपप्रमुखसहित १२ वटा वडा जितेको एमालेको नगरसभामा ९७ सदस्य मध्ये करिब ८० थियो ।

गत स्थानीय चुनावको गठबनधन भन्दा यसपटक नेपाली कांग्रेसलाई फाइदा भएको छ । पहिले ५ वटा वडा मात्रै जितेको कांग्रेसले यसपटक उमेयर सहित ८ वटा वडा जितेको छ भने नगरसभामा ३९ जना पु¥याएको छ । कांग्रेसले वडा नं.२,३,७ र १६ मा प्यानलै जितेको छ । वडा नं.१७ मा वडाअध्यक्षसहित चार, ८ मा तीन, ६ मा दुई र १ मा वडाअध्यक्ष मात्रै जितेको छ । त्यस्तै वडा नं.१३ मा चार, वडा नं.११ र १८ मा दुई–दुई जना वडा सदस्य निर्वाचित भएका छन् । २०७४ मा ५ वटा वडा जितेको कांग्रेसको नगरसभामा ८ जना मात्रै थियो । 

नेकपा एकीकृत समाजवादीबाट मेयर र एक वडाअध्यक्ष सहित ६ सदस्य निर्वाचित हुँदा नेकपा माओवादी केन्द्र एक वडाअध्यक्षमा खुम्चिएको छ । समाजवादीले वडा नं.९ मा प्यानलै जित्दा माओवादीले वडा नं.१२ मा जितेको हो । यसअघि दुई वटा वडा जितेको माओवादीका नगरसभामा ८ जना सदस्य थियो । गठबन्धन दल कांग्रेस, माओवादी र समाजवादीको जोड्दा नगरसभामा ४६ मात्रै हुन्छ ।

कार्यपालिकामा के होला ?
कार्यपालिकामा निर्वाचत मेयर, उपमेयर, वडाअध्यक्ष र नगरसभाबाट निर्वाचित सदस्यहरु हुन्छन् । प्रमुख नेकपा एस र उपप्रमुख कांग्रेसका छन् । त्यस्तै वडाअध्यक्ष एमाले ९, कांग्रेस ७ र नेकपा एस र माओवादीका एक–एक छन् । २९ जनाको कार्यपालिकामा बुहमत पु¥याउन १५ जना चाहिन्छ । अहिलेसम्म कुनै पनि दलको स्प्रष्ट बहुमत छैन ।

८ जना सदस्य नगरसभाबाट चुनिएपछि भने कार्यपालिकामा कसको बहुमत पुग्छ भने स्प्रष्ट हुन्छ । नगरसभामा एमालेको बहुमत भएकोले एमालेबाटै निवार्चित हुने देखिन्छ । जहाँ एमालेको २९ कार्यपालिकामा एमालेको १७ जना हुने देखिन्छ । बहुमत पु¥याउन एमालेलाई कम्तिमा ६ सदस्य भए पुग्छ । तर, गठबन्धनले बहुमत बनाउन ३ जना सदस्य आफ्नो पक्षमा ल्याउनु पर्ने हुन्छ ।

२०७४ मा कार्यपालिकामा एमालेको २२ सदस्य सहित एक्कल बहुमत थियो भने कांग्रेसको पाँच र माओवादीको दुई सदस्य थियो ।