प्रहर खबर
 २०७९ असार १२, आईतबार    

अफगानिस्तानमा भूकम्प, मृत्यु हुनेको संख्या ९५० पुग्यो

२०७९ असार ८, बुधबार १५:२० बजे

अफगानिस्तानको पाक्तिका प्रान्तमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ९५० पुगेको छ । पाक्तिकाको दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा केन्द्र बनाएर बुधबार बिहान ६ दशमलब १ म्याग्‍निच्यूडको भूकम्प गएको थियो ।

भूकम्पको धक्का पाकिस्तान र भारतका भूभागसम्म महसुस गरिएको थियो । भूकम्पमा ६ सयभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।

भूकम्पका कारण दर्जनौँ घर भत्किएका छन् । भूकम्पले पुर्याएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ ।