प्रहर खबर
 २०८० आश्विन १७, बुधबार    

यातायात ब्यवसायी उपभोक्ता सहकारीको सेयर पूँजी ७ करोड

२०७९ माघ २९, आईतबार १३:३० बजे

हेटौंडा - हेटौंडामा रहेको यातायात व्यवसायी उपभोक्ता सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष किरण पौडेलको सभाध्यक्षतामा भएको साधारणसभा बरिष्ठ यातायात ब्यवसायी टेकनारायण कँडेलले उद्घाटन गरेका थिए । साधारणसभाका सहभागी वक्ताहरुले सहकारी कै कारण बजारमूल्य नियन्त्रण भएको बताएका छन् ।

नेपाल ट्रक यातायात ब्यवसायी महासंघका अध्यक्ष तथा नारयणी यातायात ब्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठले सहकारीले सवारी साधनमा प्रयोग हुने स्पेयर पार्टस्, लुब्रिकेन्ट्स् आदिको बिश्वसनीयताका साथ उपभोग गर्ने वातावर तयार भएको बताए । यातायात व्यवसायी मिलेर सञ्चालन गरेको सहकारीमा हाल १९४ जना सेयर सदस्य र ६ करोड ९१ लाख ३२ हजार सेयर पूँजी रहेको अध्यक्ष पौडेलले जानकारी दिए ।

कार्यक्रममा पत्रकार प्रताप बिष्ट, सहकारीका सेयर सदस्य तथा नारायणी यातायात ब्यवसायी संघका पूर्बअध्यक्ष बद्रीप्रसाद चौलागाईं, संघका महासचिव तथा सहकारीका सल्लाहकार सरोज खनाललगायतले सहकारीका कारण यातायात ब्यवसायी उपभोक्तालाई निकै राहतको महशुस भएको बताए । सहकारीले हेटौंडा–११ मा पेट्रोल पम्प संचालनमा ल्याएर यातायात उपभोक्तालाई मिसावट रहित पेट्रोलियम पदार्थ उपलब्ध गराएको छ ।

कार्यक्रममा सहकारीका संस्थापक सदस्य तथा बरिष्ठ यातायात ब्यवसायी पुरुषोत्तम अर्याल, गोपालबहादुर कार्की, सहकारीकी उत्कृष्ठ कर्मचारी सुसृता केसीलाई सम्मानीत गरिएको थियो । सहकारीका सचिव सुनीलकुमार न्यौपानेले सचिवको प्रतिबेदन, कोषाध्यक्ष कुमार वर्तौलाले कोषको अवस्थाका बारेमा जानकारी गराएका थिए ।