प्रहर खबर
 २०८१ फाल्गुन २, शुक्रबार    

हेटौंडामा स्कुटर दुर्घटना हुँदा घाइते भएका सिकारीको मृत्यु

२०८१ पौष ११, बिहीबार २०:२७ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका–१३ वनस्पतिमा भएको सवारी दुर्घटनामा घाइते भएका व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।

बनस्पतिबाट पदमपोखरीतर्फ जाँदै गरेको बा.प्र.०३–००५प ८५९२ नं।को स्कुटर अनियन्त्रित भई सडकको बायाँ साइडमा पल्टिँदा स्कुटर चालक हेटौंडा–१२ पदमपोखरीका ४५ वर्षीय सहदेव सिकारी गम्भीर घाइते भएका थिए। टाउको र निधारमा चोट लागेका उनलाई प्रारम्भिक उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो।

गम्भीर अवस्थामा रहेका सिकारीलाई थप उपचारका लागि नयाँ पुरानो मेडिकल कलेज भरतपुर पठाइएको थियो। तर, उपचारकै क्रममा बिहीबार बिहान १०स्४५ बजे चिकित्सकले मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि भरतपुरस्थित सरकारी अस्पतालमा राखिएको थियो। पोष्टमार्टमपछि बिहीबार साँझ १७स्४० बजे मृतकका आफन्तले शव बुझेर लगेका छन्।

यस घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।