हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं.३ च्यानडाँडामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा निजगढ नगरपालिका वडा नं. १३ घर भएका ६७ वर्षीय ईन्द्र बहादुर रुम्बा रहेका छन् ।
भिमफेदी गाउँपालिका–३ सिमलटारस्थित ससुराली घर आउने क्रममा बाटोमै पार्ने भिरबाट लडेर रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । रुम्बा भिरबाट करिब ३०० मिटर तल खसेर मृत अवस्थामा शुक्रबार साँझ फेला परेको कार्कीले बताए ।
कार्कीका अनुसार घटनास्थल रुम्बाको ससुराली घरबाट करिब ७ सय मिटर पश्चिम रहेको छ । शव परीक्षणको लागि हेटौंडा अस्पताल ल्याईएको र घटनाको अनुसन्धान भइरहेको उनले बताए ।