हेटौंडा – मकवानपुर प्रहरीले २५ बर्षदेखि फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागूऔषध गाँजा कारोवारमा संलग्न रहेका साविक सरीखेत गाविस वडा नं.१ बस्ने ईमान सिं वाईबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विं.सं.२०५५ असार ३१ गते साविक मनहरी गाबिस वडा नं. ८ खरंगास्थित राप्ती खोलाको छेउबाट प्रहरीले ४१ वटा बोरामा १ हजार ५ किलो (एक क्वीन्टल बढी) लागुऔषध गाँजा बरामद गरेको थियो ।
उक्त गाँजा कारोवार प्रतिवादीहरु मध्ये वाईबालाई मनहरी गाउँपालिका वडा नं.७ स्थित मनहरी बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।
मकवानपुर जिल्ला अदालतबाट दिन ७ को म्याद अनुमती लिएर वाईबामाथि थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता कार्कीले बताए ।