प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

मानव अधिकारका लागि महिला समूहद्वारा सचेतना मुलक कार्यक्रमको आयोजना

२०७९ माघ २३, सोमबार १२:११ बजे

हेटौंडा - मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरको आयोजनामा सोमबार एकल महिला समूहको लागि एकदिने सचेतना मुलक तथा सशक्तिकरण कार्यक्रम आयोजना गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको महिला तथा बालबालिा महाशाखाको सहयोगमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ को वडा कार्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुुरको वडा नम्बर १३ कै उपाध्यक्ष बिष्णुु परियारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर १३ कै वडा अध्यक्ष पेम्बा लामा रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै वडा अध्यक्ष लामाले एकल महिलाहरुको सशक्तिकरणका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुुभयो ।

कार्यक्रममा १३ वडाकै वडा सदस्य सानुमाँया नेपाली,मानव अधिकारका लागि महिला ,एकल महिला समूह मकवानपुरको कोषाध्यक्ष निर्मला पौडेल,सदस्य रेखा पुडासैनी ,प्रदेश अधिकृत अप्सरा अर्याल लगायतले मन्तब्य राख्नुु भएको थियो । ३० जना एकल महिला सहभागी रहेको कार्यक्रममा बिभिन्न बिषयमा उक्त समूहको महासचिव शारदा चौलागाई र जिल्ला सदस्य कल्पना आचार्यले सजिकरण गर्नुभएको थियो ।