हेटौंडा – धादिङ त्रिपुरासुन्दरीमा खोलामा डुबेको अवस्थामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । त्रिपुरासुन्दरी गाउँपालिका–१ पाकुलाडिल बस्ने ६८ बर्षीया जुना वि.क. मृत अवस्थामा फेला परेकी हुन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार सोमबार आँखु खोलामा डुबेको अवस्थामा जुना मृत फेला परेकी हुन् । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।