प्रहर खबर
 २०८१ माघ २, बुधबार    

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा पाख्रिनको मृत्यु

२०८० पौष ५, बिहीबार २१:४३ बजे

हेटौंडा – मकवानपुरको बागमती गाउँपालिका वडा नं.८ साततलेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ४२ बर्षीय अमर पाख्रिन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार साँझ बगरचोकबाट साततले तर्फ फर्कने क्रममा बागमती प्रदेश ०३ ००२ प ३२६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालक पाख्रिन गम्भीर घाइते भएका थिए ।

उनको उपचारका लागि हेटौंडा अस्पताल ल्याईएकोमा चिकित्सकले बिहीबार राती ८ बजेर ५५ मिनेटमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।शव हेटौंडा अस्पतालमाको शव गृहमा राखिएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।