हेटौंडा – मकवानपुरको थाहा नगरपालिका–४, किटिनेस्थित पुछार टोलमा एक युवक मृत भेटिएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार स्थानीय १८ बर्षीय रुपक तामाङ मंगलबार डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
उनी आफ्नै नजिकै रहेको घरको छतको पिल्लरमा रहेको रडमा रबर डोरीको पासो लगाएर झुण्डिएको अवस्थमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।