प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

हेटौडामा उन्नत पशुपालन तालिम

२०७९ जेठ २९, आईतबार ०५:१३ बजे

हेटौडा – निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लि. मकवानपुरको आयोजनामा शाखा अन्तर्गतका विपन्न घर परिवारहरुको आर्थिक स्थितिमा सुधार ल्यानकोलागि लागि उन्नत पशुपालन तालिम आयोजना गरियो ।

हेटौडा उपमहानगरपालिका वडा नं. १० का अध्यक्ष्ँ फुर्वा दोर्जेलामाले गरिवी निवारणको लागि निर्धन उत्थान वित्तिय संस्थाले गर्दै आएको कार्य प्रशंसनिय रहेको बताए । २ दिन सम्म आयोजिकत तालिममा ३५ जना सहभागीहरु थिए ।

पशुपक्षिको महत्व, गोठ तथा आहार व्यवस्थापन, प्रजनन व्यवस्थापन, दाना बनाउने तरिका, संक्रमण हुने नहुने रोग , उन्नत घासको खेती र त्यसको फाईदाको लगायतको बारेमा डा. सोनु अधिकारी र डा. मोनिका गौतमले सहजीकरण गरेका थिए । निर्धन उत्थान लघुवित्तका शाखा प्रवन्धक रमेश पन्थीले लघुवित्तले प्रदान गर्दै आएको सेवाहरु, वचतका प्रकार र वचतको महत्व र अन्य वित्तय साक्ष्ँरता प्रदान गरेका थिए ।

एक परिवारका एक उद्यमी बनाउन संस्थाले पहल गरी रहेको संस्थाले साढे २ दशकदेखि सेवा प्रदान गर्दै आईरहेको र यसबाट विपन्न समुहका आर्थिक स्थिति सुुधारमा सहयोग पुगेको संस्थाका कार्यक्रम अधिकृत मनिस रत्न कोनाजोले बताए ।