प्रहर खबर
 २०७९ माघ २४, मंगलबार    

एउटै जिल्लामा कतै युवा कतै बुवा उम्मेदवार, अनि नारा युवा नै चाहिएको ? – पूर्ब स्वास्थ्यमन्त्री खतिवडा

२०७९ आश्विन ३०, आईतबार १९:४५ बजे

हेटौंडा – एकीकृत नेपाल कम्युनिष्ट पार्टी समाजवादीका नेता एवम् पूर्बस्वास्थ्यमन्त्री, मकवानपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यको लागि ५ दलीय गठबन्धनका साझा उम्मेदवार बिरोध खतिवडाले उमेर भन्दा पनि काम गर्न सक्ने क्षमता र बोक्ने एजेण्डामा मतदान गर्नुपर्ने बताएका छन् । मकवानपुरगढीमा गठबन्धन दलको संयुक्त सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

युवालाई मतदान भन्दै मत माग्नेले १ क्षेत्रमा युवा र अर्को क्षेत्रमा बुवा उम्मेदवार उठाएको उनको भनाई छ । ब्यबस्था परिबर्तको लागि भएको जनआन्दोलनका सहीद बासुदेबको सालिकमा गएर फोटो खिच्ने र बासुदेबलाई गोली हान्न लगाउने कमल थापालाई बोकेर मत माग्ने नेकपा एमाले जाली भएको खतिवडाको आरोप छ ।

जनआन्दोलन र सहीदको न्यायको निम्ति पनि एमालेलाई मतदान गर्न नहुने तर्क उम्मेदवार खतिवडाको छ । उनले मकवानपुरको विकासको लागि आफूले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए ।

ब्यबस्थाबिरोधीलाई रक्षागर्न पठाउन सकिन्न–काँग्रेस सहमहामन्त्री उपाध्याय
नेपाली काँग्रेसकी सहमहामन्त्री एबम् मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्यको गठबन्धनको साझा उम्मेदवार महालक्ष्मी उपाध्याय (डीना) ले बर्तमान ब्यबस्था बिरोधीलाई यही ब्यबस्था रक्षाको निम्ति मतदान गर्न नहुने बताएकी छन् । गठबन्धन दलको संयुक्त सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।



बर्तमान ब्यवस्था प्राप्तिको निम्ति भएको जनआन्दोलन दमन गर्नको लागि महत्वपूर्ण भुमिका खेलेको ब्यक्तिलाई मतदान गर्न नहुने नेता उपाध्यायले बताइन् । समग्र विकासको लागि आफ्नो उम्मेदवारी रहेको उनको तर्क छ । गठबन्धनका साझा उम्मेदवारहरु नै ५ दलको उम्मेदवार भएकोले ५ वटै दलको उम्मेदवार मकवानपुरमा रहेको डीनाको भनाई छ । चुनावचिन्ह भन्दा पनि दल र उम्मेदवार महत्वपूर्ण रहेकोले निर्बाधरुपमा साझा उम्मेदवारलाई मतदान गर्न उनले आग्रह गरिन् ।

मकवानपुरको सबै क्षेत्रमा ५ वटै दलको उम्मेदवार छ ः मन्त्री मोक्तान
वाग्मती प्रदेशकी सामाजिक विकासमन्त्री एवम् ५ दलीय गठबन्धनको मकवानपुर क्षेत्र नम्बर २ को (क) प्रदेशसभा सदस्य उम्मेदवार कुमारी मोक्तानले मकवानपुरको सबै क्षेत्रमा ५ वटै दलको उम्मेदवार भएको बताएकी छन् । गठबन्धन दलको संयुक्त सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।



मोक्तानले ५ वटै दलको तर्फबाट उम्मेदवार बनेको कारण आफुहरु संयुक्त उम्मेदवार भएकोले कुनै क्षेत्रमा कुनै दलको उम्मेदवार हुनु नहुनु भन्दापनि सबै क्षेत्रमा संयुक्त उम्मेदवार भएकोले ५ वटै दलको सबै क्षेत्रमा उम्मेदवार भएको बताइन् । मंसिर ४ गतेको चुनावपछि बन्ने गठबन्धनको सरकारमा आफ्नो दलको उपस्थिति संझेर पनि मत हाल्नको लागि मोक्तानले अनुरोध गरिन् । रगतसँग साटेर ल्याएको ब्यबस्थाको कारण परिबर्तन सम्भब भएको उनको भनाई छ । ब्यवस्था परिबर्तन भएको तर, अब अवस्था परिबर्तनमा आफू लागिपर्ने उनले बताइन् ।

सामाजिक बिभेदको अन्त्य गर्दै जनताको लागि जनताले नै संविधान बनाएको र अब यही संविधानको रक्षाको लागि गठबन्धनको आबश्यकता रहेकोले गठबन्धन भएको मन्त्री मोक्तानले स्पष्ट पारिन् ।

रुखलाई हँसिया र कलमलाई हथौडा सम्झेर मतदान गर्नुस् – नेता पुलामी
एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष एवम् ५ दलीय गठबन्धनको मकवानपुर क्षेत्र नम्बर १ को (क) प्रदेशसभा सदस्य उम्मेदवार प्रेमबहादुर पुलामी (छिन्तु) ले मकवानपुरका माओवादी कार्यकर्तालाई गठबन्धनमा मतदान गर्न निर्देशन दिएका छन् ।

गठबन्धन दलको संयुक्त सम्पर्क कार्यालय उद्घाटन गर्दै नेता पुलामीले आफ्नो दलका उम्मेदवार नभएपनि गठबन्धनको उम्मेदवार साझा उम्मेदवार भएकोले रुखमा मतदान गर्दा हँसिया र कलममा मतदान गर्दा हथौडा सम्झेर मतदान गर्न कार्यकर्तालाई सुझाए । बर्तमान आवश्यकताले गठबन्धन गरिएको औंल्याउँदै उनले गठबन्धनका साझा उम्मेदवारलाई जिताउनको लागि र साझा उम्मेदवारलाई आ—आफ्नो दलका उम्मेदवार सम्झनको लागि समेत सबैमा आग्रह गरे ।

आफ्नो कार्यकालमा संसद विकास कोषको रकमले आफ्नो क्षेत्रमा खास विकास भएको र बाँकी रहेको कार्यभार यसपटक पुरा हुने उनको भनाई रहेको छ ।

मकवानपुरको सबै क्षेत्रमा गठबन्धनको साझा उम्मेदवार रहेको र यही उम्मेदवारको जित सुनिश्चित हुनुको साथै भाबी सरकार निर्माण प्रक्रियामा सहभागी भएर मकवानपुरको विकास हुने उनको भनाई छ ।