हेटौंडा – अटोमा लागुऔषध गाँजा ओसारपसार गर्ने हेटौंडाका दुई जना पक्राउ परेका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया तिनकुने चोकबाट लागूऔषध गाँजा ३२ किलोग्राम सहित दुई जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुर बस्ने ४१ वर्षीय हिरालाल स्याङतान र ३५ वर्षीया लक्ष्मी मोक्तान रहेका छन् । हेटौंडाबाट सिमरातर्फ जाँदै गरेको ना.१ ह ५८९३ नम्बरको अटोलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले चेकजाँच गरेको थियो । सो क्रममा अटो चालक हिरालाल र अटोमा सवार लक्ष्मीलाई उक्त गाँजा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।