प्रहर खबर
 २०८१ असार ६, बिहीबार    

मकवानपुर २ मा २५६ मतले अघि महेश बर्तौला

२०७९ मंसिर ६, मंगलबार १२:३९ बजे

हेटोंडा – मकवानपुर क्षेत्र नं.२ मा नेकपा एमालेका महेश बर्तौला र एकीकृत समाजवादीका विरोध खतिवडाबीच रोचक प्रतिस्पर्धा भइरहेको छ।

पछिल्लो मतपरिणाम अनुसार २० हजार ४३४ मत गणना गर्दा खतिवडा भन्दा बर्तौला २५६ मतले अघि छन् । बर्तौलाले ८ हजार १२१ मत प्राप्त गरेका छन् ।

उनका निकट्तम् प्रतिद्वन्दी खतिवडाले ७ हजार ८५६ मत ल्याएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुली २ हजार ५५९ मतसहित तेस्रो स्थानमा छन्।