प्रहर खबर
 २०७९ भाद्र २, बिहीबार    

मकवानपुर गोल्डकप: पुलिसविरुद्ध खेल्न मनाङले गर्यो विमलसहित मछिन्द्रको चार खेलाडी अनुबन्ध

२०७९ जेठ २३, सोमबार १७:०७ बजे

हेटौंडा – मनाङ मर्स्याङ्दी क्लबले हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृती अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता खेल्ने टोली घोषण गरेको छ । लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका चार खेलाडीलाई समेट्दै टोली घोषणा गरेको हो ।

मनाङले मछिन्द्रका राष्ट्रिय टोलीका सदस्यसमेत रहेका फरवार्ड विमल घर्ती मगर, मिडफिल्डर विशाल राई, विंगर सुजल श्रेष्ठ र गोलरक्षक विशाल श्रेष्ठलाई अनुबन्ध गरेको छ । प्राप्त जानकारी अनुसार मछिन्द्रका चार खेलाडीलाई मकवानपुर गोल्डकप अवधिभर अनुबन्ध गरेको हो ।

त्यस्तै मछिन्द्रका अभिषेक रिजाल भने नेपाल पुलिस क्बलमा आवद्ध भएका छन् । उनले मकवानपुर गोल्डकपमा एक खेल खेल्दै एक गोल समेत गरेका छन् । 

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीसँग असन्तुष्टि जनाउदै उनीहरुसहित १० खेलाडीले राष्ट्रिय टिमको म्याप छाडेका थिए । उनिहरु राष्ट्रिय टोलीमा छैनन् भने यस प्रतियोगितामा मछिन्द्रले पनि सहभागिता जनाएको छैन ।

त्यस्तै मछिन्द्रका चार खेलाडी बाहेक पुजन होना पनि मनाङमा आबद्ध भएका छन् । यसअघि मनाङमै रहेका कमल श्रेष्ठ र शिशिर लेखी, रन्जन विष्ट, फ्लोरेन्ट कोरा र अमिर केसी पनि मनाङमै फर्किएका छन् ।

लिग सकिए लगतै उनिहरु मनाङ आवद्ध भएर मोफसलका प्रतियोगिता खेलेका हुन् । पुजन र रन्जनले न्युरोडले टिम एनआरटी, कमलले च्यासल, शिशिरले बीबीसीबाट एडिभिजन खेलेका थिए।

उपाधी दाबेदार मनाङ मछिन्द्रका खेलाडी अनुबन्ध गरेसंगै टोली बालियो बनेको आकल गर्न सकिन्छ । अन्य टोलीको तुलानामा स्टार खेलाडीको भरिएको मनाङले चौथो संस्करणको उपाधी जित्ने आकल समेत गरिएको छ ।

स्टार खेलाडीहरुको आगमनसंगै प्रतियोगिताको खेलहरु रोमान्चक हुने अनुमान देखिन्छ। टोलीले उपाधी जित्न खेलाडीको खेल र कोचको रणनीति महत्वपुर्ण हुन्छ । प्रतियोगितामा मनाङले सिधै क्वाटरफाइनलमा स्थान पाएको छ ।

पुलिसले पहिलो चरणको खेलमा खुमलटार युथ क्लबलाई २–१ गोलले हराउँदै मनाङसंगको भेट पक्का गरेको थियो । मनाङले मंगलबार सेमिफाइनल प्रवेशको लागि नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेल हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा दिउँसो साढे ३ बजेबाट सुरु हुनेछ ।

प्रतियोगिताको विजेताले १५ लाख तथा उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै विधागत उत्कृट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइलक प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।

मनाङको टोली
विशाल श्रेष्ठ (गोलरक्षक), पुजन होना (गोलरक्षक), अन्जन विष्ट, कमल श्रेष्ठ, फ्लोरेन्ट कोरा, दिनेश राजवंशी, प्रवेश कुँवर, आदित्य चौधरी, एकराज बुढाथोकी, अमिर केसी, रुपेश केसी, नितिन थापा, विशाल राई, सुजल श्रेष्ठ, शिशिर लेखी, रन्जन विष्ट, विमल घर्ति मगर, दिपक राई