प्रहर खबर
 २०८० जेठ १८, बिहीबार    

हेटौंडामा यात्रुसँग बढी भाडा लिने ५ जना पक्राउ

२०७९ आश्विन २८, शुक्रबार १६:४५ बजे

हेटौंडा – हेटौंडामा यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिने ५ जनालाई नियन्त्रणमा लिएको छ । हेटौडा उपमहानगरपालिका– २ पुरानो मकवानपुररोडबाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारागढी गाउँपालिका–१ बस्ने २२ वर्षीय अनिल साह कलवार, हेटौडा–२ मानसचोक बस्ने २२ वर्षीय रोहित थापा, हेटौंडा–४ कमलडाँडा बस्ने २० वर्षीय निकेश लामा, हेटौंडा–१० भुटनदेवी बस्ने १८ वर्षीय निशान श्रेष्ठ र सोही वडा बस्ने ३५ वर्षीय आकाश लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयका अनुसार हेटौडा– २ पुरानो मकवानपुररोडस्थित सडकमा काठमाडौं जाने यात्रुहरुसंग तोकिएको दर भन्दा बढी भाडा लिईरहेको अवस्थामा पक्राउ गरिएको हो । उनीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।