प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

२०७९ श्रावण १८, बुधबार ०९:३६ बजे

हेटौंडा – कपिलबस्तुको वाणगंगा नगरपालिका २ गोबडिहवामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लु ६४ प ५७६२ नम्बरको मोटरसाइकल चालक वाणगंगा नगरपालिका २ बस्ने २५ बर्षिय रमेश बि.क.र मोटरसाइकलमा पछाडी सवार २७ बर्षिय गोपाल बि.क. रहेका छन् ।

बुधबार बिहान ९ बजे लखनचोक सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोक्किदा दुबै जना घाईते भएका थिए । घाइते दुबै जनाको उपचारको क्रममा लुम्बिनि प्रादेशिक अस्पताल बुटवलमा बिहान सवा १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।