हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका –९ मा बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन् ।
पुर्बपश्चिम सडकखण्डमा काँकडभिट्टाबाट नेपालगंज जादै गरेको ना ५ ख ५५१५ नंबरको यात्रुबाहक बस नालीमा पल्टिएर दुर्घटना हुँदा २० जना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार उपचारको लागी ११ जना स्थानिय मेडिकल र ९ जना चितवनतर्फ पठाएको छ ।