प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

सिन्धुलीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

२०७९ बैशाख १६, शुक्रबार १४:२५ बजे

काठमाडौं – सिन्धुलीको तीनपाटनमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको तीनपाटन गाउँपालिका वडा नं. ५ मा प्रदेश १–०२६ च ०५६ न.को बोलेरो जीप शुक्रबार साँझ दुर्घटना हुँदा दुई जना पुरुष र एक जना महिलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार घटनामा परी मृत्यु हुनेमा रुपा मगर र रामजी भण्डारीको पहिचान खुलेको छ । अर्का एक पुरुषको परिचय खुल्न बाँकी छ । घटनामा परी ७ जना घाइते भएका छन् । सिन्धुली बजारबाट चकमके जाँदै गरेको सो जीप दुर्घटनामा परेको हो । घाइतेहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।