प्रहर खबर
 २०८१ बैशाख २०, बिहीबार    

मकवानपुर १ को (ख) मा राप्रपालाई एमालेले उछिन्यो

२०७९ मंसिर ६, मंगलबार १२:१० बजे

हेटौंडा – मकवानपुर क्षेत्र नम्वर १ को प्रदेशसभा (ख) मा नेकपा एमालेका उम्मेदवार एकलाल श्रेष्ठले अग्रता लिएका छन् । २० हजार ५३३ मतगणना हुँदा श्रेष्ठले ६ हजार ३९६ मतसहित अग्रता लिएका हुन् ।

श्रेष्ठले राप्रपाका उम्मेदवार गुन्जन बहादुर न्यौपानेलाई पछि पारेका हुन् । न्यौपानेले ६ हजार ९१ मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवार आनन्दराम पराजुली ५ हजार ५३९ मत सहित तेस्रो स्थानमा छन् ।