प्रहर खबर
 २०७९ आश्विन ११, मंगलबार    

चुनावको मुखमै पूर्वमन्त्री झाक्रीलाई झड्का

२०७९ भाद्र २०, सोमबार १५:१२ बजे

काठमाडौं – गुल्मीमा पूर्वमन्त्री रामकुमारी झाक्रीलाई झड्का लागेको छ । एकीकृत सामाजवादी गुल्मीका अध्यक्ष तथा इन्चार्जसमेत जिल्ला कमिटिसहित नेकपा एमालेमा फर्किएपछि मन्त्री झाक्रीलाई झड्का लागेको हो ।

आज (सोमवार) नेकपा एमाले गुल्मी जिल्ला पार्टी कार्यालयमा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी, जिल्ला इञ्चार्ज गणेश खनाल, लुम्बिनी प्रदेश कमिटी सदस्य हिमाल थापा, मुसिकोट नगर कमिटी अध्यक्ष मदन घिमिरेसहितका नेता कार्यकर्ता एमालेमा फर्किएका हुन् ।

पूर्वमन्त्रीद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टलगायत एमाले जिल्ला कमिटीले उनलाई पार्टी प्रवेश गराएको एमाले जिल्ला कमिटी गुल्मीले जनाएको छ ।