हेटौंडा – मकवानपुरमा एक महिलाले आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाएकी छन् । जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं.३३ वर्षिया रिना ब्लोनले आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार पेट्रोल छर्किएर आफ्नै शरिरमा आगो लगाएकी रिना गम्भीर घाइते भएकी छन् । उनको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको उनले बताए । श्रीमान र श्रीमतीबीच घरायसी विवाद हुँदा रिनाले आफ्नै शरिरमा आगो लगाएको प्रहरीले जनाएको छ ।