काठमाडौं – साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ। गत शुक्रबार छापावल सुनको मूल्य प्रतितोला एक लाख १५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदी पनि प्रतितोला १४ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।