प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

एमालेको विजय जुलुसमा ढुंगामुढा

२०७९ मंसिर १४, बुधबार ०९:०० बजे

काठमाडौं – सुनसरीको दुहवी नगरपालिका ९ छाताबेलीमा एमालेको विजय जुलुसमाथि ढुंगामुढा गरिएको छ । एमालेबाट प्रतिनिधिसभामा विजयी भगवती चौधवरी, प्रदेशसभा सदस्य रोहितबहादुर कार्कीको विजयोत्व र्‍यालीमाथि ढुंगामुढा भएको हो ।

एक्कासी ढुंगामुढा भएपछि केहीबेर सो क्षेत्र तनावग्रस्त बनेको प्रहरीले जनाएको छ । ढुंगा लागेर एमाले कार्यकर्ताहरू लालमोहम्वद रैन, कुर्वान मियाँ, तवरेज आलम घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुहबी वडा नम्बर ९ का वडाअध्यक्ष तथा सुनसरी ३ का क्षेत्रीय सभापति मेहदी हुस्सेनको घरनजिक पुगेको र्‍यालीमा एक्कासी आक्रमण गरिएको एमालेले जनाएको छ । अहिले सो क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।