प्रहर खबर
 २०८१ बैशाख १६, आईतबार    

हेटौंडामा भ्रष्टाचारविरूद्ध रचना वाचन

२०८० बैशाख ३१, आईतबार १६:२१ बजे

हेटौँडा – सर्जक सञ्जाल मकवानपुरको आयोजनामा बुद्धचोकमा भ्रष्टाचारविरूद्ध रचना वाचन कार्यक्रम गरिएको छ । भ्रष्टाचारका विभिन्न घटनाहरू सार्वजनिक भैरहेका बेला कारबाहीका लागि सर्जकहरूले देशव्यापी रूपमा खबरदारी गर्ने क्रम बढ्दै ग‌एको छ ।

कार्यक्रममा नवसर्जक नेपालका सल्लाहकार दीपक गौतम, नवसर्जकहरू निमिषा निरौला, समर्पण न्यौपानेले कविता वाचन गरे । यस्तै सर्जकहरू शान्ति प्रियबन्दना, पुरूषोत्तम आचार्य, सानु खनाल, बैकुण्ठ लामिछाने, सुदीप गिरी आदिले कविता, एस।के। निधनले व्यङ्ग्ययुक्त सूत्रकथा तथा गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणले गजल वाचन गरे ।

सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, उपाध्यक्ष मीनप्रसाद लामिछाने, सहसचिव संप्रस पौडेलले व्यङ्ग्य कविता वाचन गरे। कार्यक्रममा सर्जक, व्यापारी, स्थानीय, बटुवाहरू निकै रूचीका साथ सहभागिता रहेको थियो ‌। दैनिक कार्यक्रम अन्तर्गत भोली शीतल महल चोकमा रचना वाचन हुने संयोजक निखिलले बताए ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको अध्यक्षतामा आयोजित कार्यक्रम देवराज तिवारीले सहजीकरण गरेका हुन्।